गण्डकीमा मन्त्रालय भागबण्डा गर्न सकस भएपछि प्रधानमन्त्री भेट्न पुगे मुख्यमन्त्री
काठमाडाैं | माघ १०, २०७९
तस्बिरः प्रधानमन्त्रीको सचिवालय
पोखराः गण्डकी प्रदेशमा मन्त्रालयको संख्या सातमात्र बनाउने खबर सार्वजनिक भएपछि वाहवाही कमाएका मुख्यमन्त्री खगराज अधिकारीलाई भागबण्डा लगाउन भने सकस भएको छ ।
सोमबार बेलुकासम्म मुख्यमन्त्रीसहित नेकपा एमालेको भागमा चार, नेकपा माओवादी केन्द्रलाई २ र राप्रपालाई १ मन्त्रालय छुट्याइने विषयमा सहमति भएको हल्ला चलेपनि यसको आधिकारिकता भने पुष्टी भएन । यही विषयमा गण्डकी सरकारकी प्रवक्ता सीता सुन्दासले पनि प्रारम्भिक खाका भएको जनाइन् ।
यता, नेकपा माओवादीले २ मन्त्रालयमा चित्त बुझाउन नसक्ने प्रतिक्रिया जनाइसकेको छ । माओवादीबाट मन्त्री भइसकेका हरिबहादुर चुमानले पनि २ मन्त्रालयमा असहमति प्रकट गरेका छन् ।
सत्ता घटकमा रहेका ३ दललाई सात मन्त्रालयमा चित्त बुझाउन गाह्रो परेपछि मुख्यमन्त्री अधिकारी काठमाण्डौं पुगेका छन् । अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग उनकै निवासमा मन्त्रालय भागबण्डाको गाँठो फुकाउन प्रधानमन्त्री दाहालसँग भेट गरेको बताइएको छ ।
मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री दाहालबीच समसामयिक राजनीतिक घटनाक्रम, गण्डकीमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेकपा एमाले प्रदेश संसदीय दल नेता अधिकारी सत्ता साझेदार दलहरूको समर्थनमा मुख्यमन्त्री भएका थिए।गण्डकीमा सत्ता साझेदार दलहरू एमाले, माओवादी केन्द्र र राप्रपाका गरी ३१ जना सांसदले मुख्यमन्त्रीलाई समर्थन गरेका थिए।गण्डकीमा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका प्रदेश अध्यक्ष एवं सांसद पञ्चराम गुरूङ मन्त्री नियुक्त भइसकेका छन्।
अब गण्डकीमा तीन जना मात्र मन्त्री थपिनेछन्। यी तीन मन्त्रीमा कुन दलले कति पाउने भन्ने भागबण्डा मिलेको छैन। गण्डकीमा मन्त्रालय संख्या समेत घटाइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेको थियो।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

